धुम्बाराही बस्ने भनिएको नेकपा सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ।

गत शनिबार आजका लागि बैठक तय हुँदा धुम्बाराही बैठक बस्ने भनिएको थियो।

आजमात्रै बैठक प्रधानमन्त्री निवास  बालुवाटार बस्ने तय भएको एक सचिवालय सदस्यले सेतोपाटीलाई जानकारी दिए। बैठक दिउँसो १ बजे‍ बस्ने बताइएको छ। 

sanima box ad 4
bidh lab box ad 5

नेकपाका केही बैठकबाहेक सबै सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका छन्।

नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले पेश गरेका राजनीतिक प्रस्तावबारे छलफल हुने बताइएको छ।

स्याङ्जाको गल्याङमा जिप दुर्घटना,१ मृत्यु र २२ घाइते

स्याङ्जाको गल्याङ ३ मा जिप दुर्घटना हुँदा १ बालकको ज्यान गएको छ भने २२ जना घाईते भएकाछन् ।

पाल्पाको रम्भा गाउपालिका हुँगी सगाहाबाट गल्याङ्का लागि छुटेको ग १ ज ३८४१ नम्वरको जिप गल्याङ बजार नजिकै विपिसीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ बर्षिय बालकको सनाखत हुन बाँकी छ । घाईते मध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाईएको छ । दुई जनाको गल्याङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईते मध्ये १२ महिला र ८ जना पुरुष रहेकाछन् । दुर्घटनामा तिज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ ।

परदेशीले परिवारको खुशी मात्रै हेरेनन् । समुदायको दुःख बुझे र गाउँलाई एम्वुलेन्स उपहार दिए

परदेशमा जानुको अर्थ धन कमाउन हो । धन कमाउनुको अर्थ परिवारको खुशी हो । तर यहाँ परदेशीले परिवारको खुशी मात्रै हेरेनन् । समुदायको दुःख बुझे र गाउँलाई एम्वुलेन्स उपहार दिए ।

विगत १५ वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका रम्भा गाउँपालिका १ हुँगीका युवा इश्वर काफ्ले पाल्पालीले गाउँमा एम्वुलेन्स दिनका लागि फेसबुक अभियान चलाएका थिए । उनले चलाएको फेसबुक अभियानमा हुँगी तथा आसपासमा घर भई बैदेशिक रोजगारीका रहेका युवाहरुले समेत आर्थिक सहयोग गरेका थिए ।

विभिन्न सहयोगदाताहरुबाट संकलित ६ लाख रुपियाँ र अन्य बाँकी रकम आफ्नै व्यक्तिगत लगानीमा काफ्लेले एम्वुलेन्स खरिद गरि रम्भा गाउँपालिका वडा नं. १ हुँगीको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । उनले आफु अध्यक्ष रहेको न्यु थ्रि स्टार युवा क्लव मार्फत उक्त एम्वुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गराए ।

आइतवार हुँगीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच एम्वुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरियो । कार्यक्रममा बोल्दै न्यु थ्रि स्टार युवा क्लवका अध्यक्ष समेत रहेका काफ्लेले आफु परदेशी भएपनि आफ्नो मन सधैं जन्मे हुर्केको माटोमै रहने बताए । उनले भने, एम्वुलेन्स अभावका कोही पनि बिरामी समयमा अस्पताल पुग्नबाट वञ्चित भएर मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले मैले यो अभियान चलाएको हुँ । उक्त एम्वुलेन्सबाट हुँगी, हेक्लांग, गेझा लगायतका क्षेत्रका साथै स्यांगजाका कालीगण्डकी बेशीका जनताहरु समेत लाभान्वित हुनेछन् ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सरकारले हरेक नेपालीको स्वास्थ्य बिमा गरिदिनुपर्नेमा जोड दिए । उनले हरेक नेपालीले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने, आर्थिक क्षमता अनुसार बिमा शुल्क उठाउने र हुँदै नहुनेलाई सरकारले नै बिमा गरि दिने गरि कानुन नै बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा थापाले मुलुक रेमिट्यान्सकै भरमा चलिरहेको भन्दै नेपालमा युवाहरुलाई एकीकृत गरि आयआर्जनको वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य बिर बहादुर राना, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, रामपुर नगरपालिकाका मेयर रमण थापा लगायतका वक्ताहरुले शुभकामना दिए । त्यस्तै राष्टिय कलाकारहरु बद्री पंगेनी, दुर्गा रायमाझी, हेमन्त शर्मा, रमेशराज भट्टराई, जमुना राना लगायतले साँस्कृतिक प्रस्तुती राखेका थिए ।
सो अवसरमा एम्वुलेन्स खरिदका लागि सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो । त्यस्तै प्रशासनिक कामका लागि सहयोग गरेको भन्दै पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, मेचीकाली दैनिकका समाचार नेत्र गैरे र गैससकर्मी यादवराज शर्मालाई पनि सम्मान गरिएको थियो ।

साभार:- फेसबुक बाट, पाल्पा

कञ्चनपुरको भीमदत्त बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

आन्दोलनले उग्ररुप लिएपछि कञ्चनपुरको भीमदत्त बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२, खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बास्तविक हत्यारा पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन्। आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ढुंगा मुडा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीको बल प्रयोगबाट चार जना प्रदर्शनकारी घाइते भएका छन्।

उग्र हुँदै गएको प्रदर्शनकारीको भिडलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले दिउँसो तीन बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेतीले जानकारी दिए। डिएसपी सेतीले प्रहरीले प्रदर्शनकारीमाथि गोल नचलाएको दाबी पनि गरे।

‘प्रहरीले गोली चलाएको भन्ने खबर बाहिर आएका छन्। ति झुठा हुन् प्रदर्शनकारी लाठी प्रहारबाट घाइते भएका हुन्,’ उनले भने।

१३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो।

अनसनस्थलमा केसी समर्थक र विद्यार्थीमाथि प्रहरीको लाठी चार्ज, दर्जनौँ घाइते

जुम्ला : अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई काठमाडौं लैजान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको प्रहरीले केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ। केसीको अनसनस्थलबाहिर प्रहरीलाई अवरोध गर्न धर्ना बसेका विद्यार्थीहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो।

प्रहरीले लाठीचार्ज गरेपछि केसी समर्थक र प्रहरीबीच दोहोरो झडपका भएको छ। झडपका क्रममा एक सय भन्दा बढी विद्यार्थीहरू घाइते भएका छन्। झडपमा प्रहरीहरू पनि घाइते भएका छन्।

झडपका क्रममा भवनभित्रका सिसाहरू फुटेका छन् भने स्वास्थ्य उपकरणहरू पनि फुटेका छन्। घाइतेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

विद्यार्थीहरूले प्रहरीलाई अझै अनसन कक्षभित्र छिर्न दिएका छैनन्।

मोटरसाइकल दुर्घटनामा १ मृत्यु र ४ घाइते

स्याङजाको गल्याङ नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अन्य ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनार रहेको प्रहरीले जनाएको छ । सोमबार मिर्मिबाट गल्याङ आउदै गरेको लु ३२ प ९९७९ नम्बरको मोटरसाइकल र गल्याङबाट मिर्मि जादै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन ।

दुर्घटनामा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालिगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ् नगरपालिका–२ का २३ वर्षीय दिलिप राना र सोही स्थानका २२ वर्षीय सुशिल सुवेदी रहेको वडा प्रहरी कार्यालय वालिङ्ले जनाएको छ ।

घाइते सुनार, पाण्डे र रानाको गल्याङ सामुदायीक अस्पतालमा उपचार भएको र थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा रिफर गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक चिनकपुर गुरुङले जानकारी दिए । सुवेदीका गल्याङ सामुदायीक अस्पतालमा उपचार भइहेको छ । लु ३५ प १६३३ नम्बरको मोटरसाइकलमा ३ जना सवार थिए । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको वालिङ प्रहरीले जानकारी दिएको छ ।

पाल्पा–बुटवल सडक बन्द,यात्रु सडकमै अलपत्र

पाल्पा,१९ जेठ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ ।सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।

सामान्य वर्षाद्को समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सञ्चालनमा समस्या आएको छ । सडक बन्द हुँदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, पोखरा, स्याङ्जा जाने सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन् ।

सो सडक उत्तर दक्षिण जोड्ने प्रदेश नं ५ को मुख्य राजमार्ग हो । सडक अवरुद्ध हुदा साविक पश्चिमान्चल विकास क्षेत्रका १२ जिल्लाका यात्रुहरुलाई आवतजावत गर्न कठिनाई परेको छ ।

राम्रो नपढाएपछि शिक्षकलार्ई कक्षा प्रवेशमा रोक

जिल्लाको वगनासकाली १ चिर्तुङधारामा रहेको ग्राम्ह्य माविका एक शिक्षकलाई राम्रो नपढााएको भन्दै विद्यालय व्यवस्थापन समितिले कक्षा प्रवेशमा रोक लगाएको छ ।

राम्रो नपढाएको भन्दै विद्यार्थी र अभिवावकहरुको व्यापक गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले ति शिक्षकलाई कक्षा प्रवेशमा रोक लगाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक ढुङ्गानाका अनुसार अहिले ति शिक्षकलाई कार्यालयमा कुर्चीको व्यवस्था मिलाएर दिनभर कार्यालयमा बसेर हाजिर गरी घर जाने व्यवस्था मिलाइदिएको छ ।
ग्राम्ह्य माविले अंग्रेजी माध्यममा शिक्षण गराउन थालेपछि ति शिक्षकले पढाउन नसकेको अभिभावकहरुको गुनासो छ । ति शिक्षकले पढाएमा आफ्ना छोराछोरी अन्यत्र विद्यालय लैजाने वताएपछि व्यवस्थापन समितिले कक्षा प्रवेशमा रोक लगाएको अध्यक्ष ढुङ्गानाले वताउनुभयो ।
पटक पटक तालिम दिएपनि राम्रो पढाएनन्, हामीले जागिरबाटै निकाल्न मिलेन, वगनासकाली गाउँपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई पाल्पालाई पटक पटक जानकारी गरायौ सुनुवाइ भएन अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

वगनासकाली गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रामचन्द्र अर्यालले यो विषय आफूलाई जानकारी नभएको बताउनुभयो । शिक्षा शाखाका गोपाल आचार्यले व्यवहारिक समस्या परेको बताउनुभयो, शिक्षकले अवकाश लिन नमान्ने, जागिरबाट निकाल्न नमिल्ने, उहाँको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख संगिता रेग्मी भन्नुहुन्छ, विद्यालय व्यवस्थापन समितिले तलव खुवाउने राख्ने, हामीले केही गर्न मिल्दैन ।